कोरोना संक्रमण

कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयाे, मृत्यु हुनेको संख्या ४० पुग्याे

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ। धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो।

सप्तरी जिल्लाका ७३ वर्षीय वृद्ध बिहिबार राति १० बजे मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञानका प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले बताए। असार ३१ गते अस्पतालमा भर्ना गरिए उनकाे शंका लागेर स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको बिपी कोइराला स्वास्थ्य विज्ञानका प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले बताए।

उनले भने,’ अहिले शव व्यवस्थापनको तयारी भइरहेको छ। अस्पताल प्रशासन र शव व्यवस्थापनसँग छलफल भइरहेको छ।‘ योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेकाे छ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
शुक्र, साउन २, २०७७ (July 17, 2020, 8:21 am) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया