
सरकारले विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन कक्ष हटाउने निर्णय गरेको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा. युवराज खतिवडाले विद्यालय भवन परिसरलाई क्वारेन्टिन र आइसोलेसनको रुपमा प्रयोग नगर्ने निर्णय भएको जानकारी दिए ।
यदि क्वारेन्टिन र आइसोलेसन रहेको भए तत्काल हटाउने र ती क्षेत्रलाई स्थानीय तहले निर्मलीकरण गर्ने पनि निर्णय भएको छ । विद्यालय आउन जान असर हुने गरी कोरोना महामारी रोकथाम र नियन्त्रणसम्बन्धी संरचना नराख्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले बताए ।
सरकारले शैक्षिक सत्र २०७७/७८ के विद्यार्थी भर्ना भदौ १ देखि सुरु गर्ने बताएको छ । ०७६/७७ को नतिजा प्रकाशन बाँकी भए तत्काल गर्ने, भदौ १ देखि विद्यार्थी भर्ना गर्ने, कक्षागत रुपमा विद्यार्थीको संख्या यकीन गर्ने, पाठ्यपुस्तक उपलब्ध गराउने र शिक्षकहरु अबिलम्ब विद्यालय पुग्ने व्यवस्था गर्ने पनि सरकारले निर्णय गरेको छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द