पर्सामा मृतकको संख्या १७ पुग्यो

कोरोनाबाट थप एक जना ४६ वर्षीय पुरुषको मृत्यु

बुधबार, साउन २१, २०७७, काठमाण्डाै । 

वीरगन्जमा बुधबार कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान ५ बजे मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले पुष्टि गरे ।

साउन १८ गते पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका ती पुरुषमा साउन १९ गते राती कोभिड १९ संक्रमण पुष्टि भएको थियो । महुमेहका रोगी उनमा खोकी , ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि मङगलबार राति ९ बजे वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो ।

उपचारका क्रममा बुधबार बिहान ५ बजे उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए । यसअघि सोमबार राती मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका ८ की १८ वर्षीया किशोरीमा पनि मङगलबार राति संक्रमण पुष्टि भएको थियो ।

बुधबार बिहान वीरगन्ज १५ का संक्रमित पुरुषको मृत्यु भएसँगै पर्सा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । पर्सामा साउनमा मात्रै १३ जनाको मृत्यु भएको हो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै