
बुधवार कैलालीका २१ जनामा काेराेना पुष्टी भएकाे छ । सेती प्रादेशिक अस्पतालमा भएकाे परिक्षणमा लम्कीचुहा नगरपालिकाका ९ महिला र ८ पुरुष गरी १७ जना (वडा नं. ५ का ७ जना, वडा नं. ६ का ३ जना, वडा नं. ७ का २ जना, वडा नं. २ का ३ जना, वडा नं. १० का १ जना र वडा नं. ३ का १ जना), भजनी नगरपालिकाका २४ र ३३ बर्षीय पुरुष २ जना, गोदावरी नगरपालिका वडा नम्बर ४ का १८ बर्षीय युवक र टीकापुर नगरपालिकाका ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हाे ।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा दुई सय ८६ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका २१, अछामका ७, बझाङका ३ र कञ्चनपुरका एक जना गरी सुदूरपश्चिमका थप ३२ जनामा कोरोना पुष्टि भएको छ।
उता अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर २ का चार महिला र तीन पुरुष, बझाङको खप्तडछान्नाकी ७ महिने बालिका र जयपृथ्वी नगरपालिकाका २० बर्षीया युवती र २२ बर्षीय युवकमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर ४ का ४१ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ८ सय ७० पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार दुई सय ४८ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै डोटीका सात सय ८२, अछाममा सात सय २८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको छ। कञ्चनपुरका पाँच सय ६९, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९५, बझाङका दुई सय ८२ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमण पुष्टि भएका झण्डै तीन हजार तीन सय जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ।
लम्किचुहाकाे थप जानकारी लागी र अव के हुदैछ भिडियाे हेर्नुहाेस
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द