
प्रदेश ५ की सांसद कृष्णा केसी कोरोना संक्रमित भएकी छन्। बाँकेबाट प्रदेशसभामा सदस्य भएकी उनमा पीसीआर परीक्षणका क्रममा शनिबार कोरोना पोजेटिभ देखिएको हो।
सांसद केसीले आफू कोरोना पोजेटिभ भएको र आफूसँग सम्पर्कमा आएकालाई परीक्षण गर्दै सचेत हुन सामाजिक सञ्जालबाट आह्वान गरेकी छन्। निर्वाचन क्षेत्रमा कोरोनाविरूद्ध काम गरिरहदा संक्रमित भएको हुन सक्ने उनले बताएकी छन्।
झन्डै ५ हजार संक्रमित भएको प्रदेश ५ मा भीआईपीलाई संक्रमण देखिएको पहिलो हो। यसअघि स्थानीय तहका जनप्रतिनिधिमा संक्रमण देखिएको थियो। प्रदेशका बाके, रूपन्देही, कपिलवस्तु, बर्दिया, नवलपरासीमा समुदाय स्तरमा कोरोना देखिएको छ। यीमध्ये चार जिल्लामा निषेधाज्ञा गरिएको छ।
प्रदेशमा कोरोनाबाट १३ जनाको मृत्यु भएको छ। प्रदेशमा कोरोना संक्रमित निको हुने दर ९० प्रतिशतभन्दा माथि छ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द