काठमाडौंमा एकैदिन १३२ जना कोरोना संक्रमित थपिए

मङ्लबार, साउन २७, २०७७, काठमाण्डाै । 

काठमाडौं उपत्यकामा आज एकै दिन १३२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ६ सय ३८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १३२ जना थपिएसँगै जोखिम बढेको छ ।

त्यसैगरी आज २४ घन्टामा १७१ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १६ हजार ६ सय ६४ रहेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार ४ सय ६२ जनाको पिसीआर परिक्षणमा ६ सय ३८ जनाको रिर्पोट पोजेटिभ आएको आएको गौतमले बताएका हुन् । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ११० जना र ललितपुरका १४ जना र भक्तपुरका ८ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या २३ हजार ९ सय ४८ पुगेको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै