धरानमा उपचाररत झापाकी कोरोना संक्रमित महिलाको मृत्यु

आइतवार, भदौ २१, २०७७, काठमाण्डाै । 

बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ ।

गत १८ गते अस्पतालमा भर्ना भएकी झापाको कन्काई नगरपालिका-३ की ४५ वर्षीया महिलाको आइतबार बिहान १० : ४५ बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । महिलामा १८ गते नै कोरोना पुष्टि भएको थियो

मधुमेहको समस्या भएकी महिला कब्जियत, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि मेची अञ्चल अस्पतालमा भर्ना भएकी थिइन् । गम्भीर स्वास्थ्य समस्या भएकोले त्यहाँबाट १८ गते बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रिफर भएकी थिइन् ।

परीक्षणका क्रममा महिलामा निमोनियासमेत देखिएको र अवस्था गम्भीर भइसकेकोले भेन्टिलेटरको सहायताले उपचार गर्दा पनि मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै