
कैलालीको लम्कीचुहा नगरपालिकामा हाल सम्म २५१जनाले कोरोनालाई जितेका छन् । लम्कीचुहा स्वास्थ्य साखाका अनुसार कोरोना संक्रमणवाट मुक्त हुनेहरुमा २०६ जना पुरुष र ४६ जना महिला रहेका छन् । लम्कीचुहा नगरपालिकाका १० ओटै वडाहरुमा गरि हाल सम्म २५२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा एक महिलाको ज्यान गएको छ ।अब नगरपालिका भित्र १ जना मात्रै संक्रिय सक्रमितहरु रहेका छन् ।
सुरु सुरुमा भारतवाट आएर बिभिन्न क्वारेन्टाइनमा बसेकाहरुको पिसिआर परिक्षण गर्दा पोजेभिट रिपोर्ट आएपछि लम्कीचुहा नगरपालीकाले बनाएको आइसुलेसन राख्ने गरेको थियो ।तर पछिल्लो समय भने सबै संक्रमितहरु घरमै बस्ने गरेका छन् । उनीहरुको स्वास्थ्यमा कुनै समस्या आएमा तत्काल अस्पतालमा पुञ्याउने ब्यबस्था मिलाएको नगरपालिकाले जनाएको छ ।
नगरपालीकामा २५ बेडको आईसोलेसन तयार पारिएको आईसोलेसनमा अहिले एक जना मात्र सक्रिय संक्रमित रहेका छन् ।लम्कीचुहा नगरपालिकामा हाल सम्म १९८८ पुरुष र ७२६ महिला गरी २७१४ बढीको पिसिआर परिक्षण भैसकेको लम्कीचुहा आईसुलेसन व्यावस्थापक तप्त भण्डारीले जानकारी दिनु भयो ।
जसमध्ये २५२ जनाको पुन दोस्रो पटक परिक्षण गरिएको लम्कीचुहा नगरपालिका भित्र अहिले पनि भारतवाट आउने क्रम जारी रहेको र भारतवाट आएर सिधै घर गएका सबैको परिक्षण पनि भैरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।लम्किचुहा नगरपालिकाका कर्मचारी लगायत ७५ जनाको रिपोर्ट आउन बाकी रहेको छ ।यस्तै आज सोमबार कैलालीको लम्कीचुहा नगरपालिका ३ मा रहेको सुदुरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गेमा कार्यरत ६३ जना नेपाल आर्मिमा कोरोना संक्रमण देखिएको छ ।