
पछिल्लो २४ घण्टामा १२०२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
योसहित नेपालमा संक्रमितको संख्या ५३ हजार १२० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। शुक्रबार १४ सय ५४ र बिहीबार मात्रै १२ सय ४६ जनामा संक्रमण देखिएको थियो।
नेपालमा अहिले १५ हजार २६० कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार होम आइसोलेसनमा ६ हजार १५३ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १०७ जना रहेका छन्। क्वारेन्टाइनमा ६ हजार ३५४ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा ८५२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ। यो डिस्चार्ज हुनेको ७० दशमलव ६ प्रतिशत हो।
यस्तै आइसीयूमा १६० जनाको उपचार भइरहेको छ भने २४ जना भेन्टिलेटरमा छन्। नेपालमा कोरोनाबाट हालसम्म ३३६ जनाको मृत्यु भएको छ। शनिबार मात्रै १४ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द