युवाले गरे क्वारेन्टिनमै आत्महत्या

रुपन्देहीको देवदहमा क्वारेन्टाइनमा बसेका एक युवाले आत्महत्या गरेका छन् ।

देवदह नगरपालिका वडा नम्बर ४ सेमरानास्थित जनजाती भवनको क्वारेन्टिनमा बसेका सोही स्थानका २५ वर्षीय पिताम्बर पाण्डेले झुडिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार उनी भदौ १७ गते भारतबाट आइ सोही क्वारेन्टिनमा बस्दै आएका थिए ।

आत्महत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि पनि रुपन्देहीको देवदवमा नै क्वारेन्टिन सुरक्षागार्डका रुपमा बसेका एक स्थानीय युवाले आत्महत्या गरेका थिए ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
बिहि, अशोज १, २०७७ (September 17, 2020, 1:57 pm) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै