
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट सुर्खेतका एक कैदीबन्दीको बाँकेमा मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत गुर्भाकोट नगरपालिका–४, सहारे निवासी ५८ बर्षीय पुरुषको आज बिहान ६ः२५ मा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार ती पुरुषमा लामो समयदेखि दम र श्वास प्रश्वासको गम्भिर समस्या रहेको थियो । उनलाई प्रदेश अस्पताल सुर्खेतले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको थियो ।
भदौ २१ गते अस्पताल भर्ना भएका उनलाई भदौ २२ गते कोरोना पुष्टि भएको थियो । उनी सुर्खेत कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका थिए ।
दीर्घरोगी भएका कारण सुर्खेतबाट थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको सुर्खेत कारागारका जेलर लक्ष्मी खरेलले जानकारी दिइन् ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । जसमध्ये ४ जना जिल्ला बाहिरका हुन् ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द