सुर्खेतमा तीन सय बढी सक्रिय संक्रमित, भाेली देखी निषेधाज्ञा

सोमवार, बैशाख १३, २०७८, काठमाण्डाै । 

कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार मध्यरातिदेखि सुर्खेतमा एक साता निषेधाज्ञा लागू हुँदैछ ।

जिल्ला कोरोना संकट व्यवस्थापन समितिले मंगलबार मध्यराति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

संक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको उनले बताए । ‘कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा लागू गर्ने निर्णय गरेका छौं, भोलिदेखि जिल्लाभर एक साता निषेधाज्ञा जारी हुन्छ,’ प्रजिअ रिजालले भने ।

निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडी मात्र सञ्चालन गर्न दिने बताइएको छ । जिल्लामा मात्रै तीन सय बढी सक्रिय संक्रमित छन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै