कैलालीमा जेठ ६ सम्म लकडाउन गर्न सिफारिस

मङ्लबार, बैशाख २८, २०७८, काठमाण्डाै । 

कैलालीमा लकडाउन जेठ ६ गते सम्म गर्न सिफारिस गरेको छ ।

सोमबार कोरोना संकट व्यवस्थापन केन्द्रको बैठक बसी कैलालीमा जेठ ६ गते लकडाउन लम्ब्याउने सिफारिस गरेको हो ।  कोरोना बढेको भन्दै यसअघि कैलालीमा पहिलो चरण वैशाख १६ देखि २२, दोस्रो चरण २३ देखि वैशाख मसान्त सम्म लकडाउन गरेको थियो ।

कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीको अध्यक्षतामा बसेको बैठकले सो जेठ ६ गते सम्म लकडाउन गर्ने सिफारिस  गरेको हो ।

लकडाउनको क्रममा अत्यावश्यकबाहेक अन्य सार्वजनिक सेवा पूर्ण रुपमा बन्द र सरकारी कार्यालय बाहेक अन्य कार्यालयले बढीमा २५ प्रतिशत संख्यामा कर्मचारी तथा सवारी साधन प्रयोग गरि कार्यालयको आन्तरिक ब्यबस्थापन गर्ने, यस विपरित कर्मचारीको आवागमन एवम् सवारी साधनको प्रयोग नगर्न सिफारिस गरेको छ ।

राजश्व दाखिला र सरकारी कारोबारबाहेक बैंक तथा वित्तिय संस्थाको सबै सेवा बन्द गरी अत्याबश्यक भुक्तानीको लागी एटिएम तथा विधुतीय प्रणालीबाट सेवा प्रवाहको प्रबन्ध गर्ने ।

नेपाल सरकार का कर्मचारी बैक तथा वित्तिय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुले कार्यालय ले जारी गरेको परिचय पत्रको आधारमा आवत जावत गर्न सक्ने सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिबराज जोशीले जानकारी दिए ।

उनले औषधि उपचार लगायत अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न नदिन थप कडाई गरेको उनले बताए । अत्यावश्यक काम बाहेक अन्य सार्बजनिक एबम् निजी सवारी साधन संचालन गर्न नपाइने लगायतका १५ बुँदे सिफारिस  गरेको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:15 am) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published.


फेसबुकबाट प्रतिक्रिया

भर्खरै

ट्रेन्डिङ