काेराेना खोप

अनुदानमा प्राप्त चिनियाँ खोप बिहीबार सात वटै प्रदेशमा पठाइदै

बुधबार, जेष्ठ १९, २०७८, काठमाण्डाै । 

अनुदानमा प्राप्त चिनियाँ खोप बिहीबार सात वटै प्रदेशमा पठाउने तयारी सरकारले गरेको छ । मंगलबार काठमाडौं ल्याइएको चिनियाँ खोप सात वटै प्रदेशमा रहेका ६० देखि ६४ वर्ष उमेर समूहका जनसंख्यालाई आधार मानेर वितरण गर्न लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले सातै प्रदेशका ६० देखि ६४ वर्ष उमेर समूहको जनसंख्याका आधारमा खोप वितरण गर्न लागिएको जानकारी दिए ।

सातै प्रदेशमा गरी यो उमेर समूहका करिब ८ लाख ५५ हजार जना रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । अहिलेको लटमा आएको खोपले सबैलाई पु¥याउन सम्भव नभएकाले प्रदेशस्थित स्वास्थ्य निर्देशनालयलाई दोस्रो डोजको सुनिश्चितता गरेर पुगेजतिलाई खोप लगाउन सक्नेगरी खोप पठाउन लागिएको डा. गौतमले जानकारी दिए ।

यसअघि चिनियाँ अनुदानको खोप चीनसँग सिमाना जोडिएका र बढी कारोबार हुने जिल्लावासीलाई प्राथमिकता दिएर लगाइएको थियो । यसपटक भने सबै प्रदेशमा वितरण गर्न लागिएको हो ।

डा. गौतमका अनुसार केन्द्रबाट प्रदेश आपूर्ति केन्द्रमा पठाइने छ र केन्द्रले प्रदेश स्वास्थ्य निर्देशनालयसँग मिलेर खोप अभियान सञ्चालन गर्नेछ । कुन प्रदेशमा कति डोज खोप जान्छ भन्ने यकिन नगरिसकिएको भन्दै डा. गौतमले प्रदेशको जनसंख्यालाई आधार मानेर प्रदेशमा पठाउने खोप संख्या तय गर्न लागिएको हो ।

बुधबार कुन प्रदेशलाई कति खोप पठाउने भन्ने यकिन गरेपछि बिहीबार साँझ वा शुक्रबार बिहानै सबै प्रदेशमा खोप पठाउने तयारी केन्द्र सरकारको छ ।

स्वास्थ्यको तथ्यांक अनुसार ६० देखि ६४ वर्ष उमेर समूहका प्रदेश १ मा एक लाख ४० हजार, प्रदेश २ मा १ लाख ७८ हजार, वाग्मती प्रदेशमा १ लाख ८३ हजार, गण्डकीमा ७१ हजार, लुम्बिनीमा १ लाख ४५ हजार र कर्णाली प्रदेशमा ५२ हजार र सुदूरपश्चिम प्रदेशमा ८४ हजार जना छन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै