दिल्लीमा पनि काेराेना भाइरसकाे नयाँ भेरियन्ट ‘ओमिक्राेन’ भेटियाे

आइतवार, मंसिर १९, २०७८, काठमाण्डौ । 

भारतकाे दिल्लीमा काेराेना भाइरसकाे नयाँ भेरियन्ट ‘ओमिक्राेन’ काे सङ्क्रमण देखिएकाे छ ।

दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार तान्जेनियाबाट दिल्ली फर्किएका ३७ वर्षीय व्यक्तिमा काेराेनाकाे नयाँ सङ्क्रमण देखिएकाे हाे । ती व्यक्तिकाे एलएनजेपी अस्पतालमा भइरहेकाे बताइएकाे छ ।

भारतमा याे ओमिक्राेन भेरियन्टका पाँचाैँ ‘केस’ हाे । यसअघि बेङ्गलाेर (कर्नाटक) मा दुई, मुम्बईमा एक र गुजरातमा ओमिक्राेन भेरियन्टकाे सङ्क्रमण पुष्टि भएकाे थियाे ।

अहिलेसम्म १७ जनामा काेभिड परीक्षण पाेजेटिभ पाइएकाे र उनीहरूलाई अस्पतालमा भर्ना गरिएकाे स्वास्थ्यमन्त्री जैनले बताउनुभयाे ।

गएकाे हप्ता दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ओमिक्राेन भेरियन्टलाई लिएर चिन्ता व्यक्त गर्दै प्रभावित देशमा यात्रा प्रतिबन्ध लगाउन प्रधानमन्त्री नरेन्द्र माेदीसँग अपिल गर्नुभएकाे थियाे ।

अहिलेसम्म विश्वका २३ देशमा ओमिक्राेनकाे सङ्क्रमण पुष्टि भइसकेकाे छ ।

नयाँ भेरियन्टका कारण बेलायत, युराेपेली सङ्घ, अमेरिका र क्यानडाजस्ता देशले दक्षिण अफ्रिकासहित केही अफ्रिकी देशबाट आउने उडानमा प्रतिबन्ध लगाएका छन् ।

गएकाे २६ नाेभेम्बरमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई ‘ओमिक्राेन’ नाम दिँदै याे नयाँ भेरियन्ट ‘चिन्ताकाे विषय’ भएकाे जनाएकाे थियाे ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

आइतवार, मंसिर १९, २०७८ (December 5, 2021, 3:34 pm) मा द्वारा अन्तर्राष्ट्रिय अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै