Kanoon Post
शुक्रबार, चैत्र १६, २०८०/ March 29, 2024,
शुक्रबार, चैत्र १६, २०८०

Trending :

No tags found.

सिन्धुपाल्चोकमा पहिरोले पुरिएर १० जनाको मृत्यु

काठमाण्डाै ।

सिन्धुपाल्चोकमा पहिरोले पुरिएर १० जनाको मृत्यु भएको छ। मेलम्ची बजारमा गएराति गएको पहिरोमा परी बेपत्ता भएका ८ जनाकै शव फेला परेको हो। शव भेटिएपनि पहिचान हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए।

मेलम्चीको कभर्ड हल निर्माण कार्यमा खटिएका मजदुर बसेको घरमा खसेको पहिरोले पुर्दा ९ जना बेपत्ता भएका थिए। पहिरोले पुरिएका भारत बेतीया घर भएका बारू शाहलाई सुरक्षाकर्मीको टोलीले जीवित उद्वार गरेको थियो। शाहको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार भइरहेको छ।

पहिरोले भारत बेतीयाका ४२ राजेन्द्र चौरसीया, वीरगंजका ३५ वर्षीय प्रदिप चौरसीया, बारा सिमराका २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय बिक्रम थिंग, २३ वर्षीय मानबहादुर रूम्बा, २० वर्षीय सिमन घ्लान, २१ वर्षीय शिबबालक धामी र १७ वर्षीय सोनम लामा सुतेका थिए।

थाङ्पाल गाउँपालिका श्रीमान- श्रीमती मृत्युपाँचपोखरी थाङ्पाल गाउँपालिका -२, बरूवामा पहिरोले पुरिंदा दुई जनाको मृत्यु भएको छ। घरमा सुतिरहेको अवस्थामा पहिरोले पुर्दा श्रीमान-श्रीमतीको मृत्यु भएको हो।

पहिरोले पुरिएर ५० वर्षीय यज्ञबहादुर कस्तरी र उनकी ४८ वर्षीया श्रीमती लक्ष्मी शिलवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading