Naya Media
मङ्लबार, असार ३०, २०८३
| | July 13, 2026
मङ्लबार, असार ३०, २०८३

धादिङमा दुई समूहबीच झडप, एकजनाको मृत्यु एककाे अवस्था गम्भीर

रड, फलाम लगायतका वस्तु प्रहार

User Photo बुधबार, माघ ८, २०७६
काठमाण्डाै ।

धादिङमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खनियाँवास गाउँपालिका–४ का युवा २५ वर्षीय सन्तबहादुर तामाङ छन् ।

तामाङ यसअघि कर्तव्य ज्यान मुद्दामा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटनामा अर्का युवा गम्भीर घाइते छन् । घाइते रविन तामाङको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

धादिङका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले बताएअनुसार गएराति ७ बजेतिर घटना भएको हो । ‘अबेरसम्म युवाको समूहबीच झडप भएको रहेछ’, उनले भने, ‘म घटनास्थलमा पुगेर भर्खर फर्किँदैछु ।’

प्रहरीका अनुसार दार्खामा गुराँस युवा क्लबले फुटबल प्रतियोगिता आयोजना गरेको थियो । त्यसक्रममा रेफ्रीसँग झगडा हुँदा कुटाकुट भएको थियो । यद्यपि, विवादको कारण यो मात्र नभएको प्रहरी आशंका छ ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा रेफ्री रोशन तामाङ र उनका भाइ रामलाई पक्राउ गरेर हिरासतमा लिएको छ ।

झडपमा रड, फलाम लगायतका वस्तु प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.