एसएसबीकाे दादागिरी, सरकार माैन

एसएसबीले तुइन काटेकै कारण जयसिंह नदीमा खसेको प्रत्यक्षदर्शीले भनिसक्दा पनि गृहमन्त्री मौन

सोमवार, साउन १८, २०७८, काठमाण्डौ । 

सरकारले तुइन तर्ने क्रममा महाकाली नदीमा नेपाली नागरिक खसेको घटनाबारे राष्ट्रियसभालाई जानकारी गराएको छ । तर भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नताबारे सरकार मौन बसेको छ ।

राष्ट्रियसभाको सोमबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तुइन तर्ने क्रममा ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा खसेको घटनाप्रति सरकार गम्भीर रहेको बताए ।

यसबारे छानविन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा टोली बनाएको भन्दै उनले भने, ‘आज धनगढीतर्फ गइसकेको छ । आवश्यक पर्‍यो भने हेलिकप्टरमार्फत पनि घटनास्थलसम्म पुर्‍याउँछौं ।’

यसअघि नै जिल्लाबाट गएको टोलीले जयसिंहभन्दा अगाडि तुइन गरेर पारी पुग्नेहरुसँग सोधपुछ गरेको र वारी रहेकाहरुलाई सदरमुकाम बोलाइएको उनले बताए । तर उनले प्रत्यक्षदर्शीहरुले भने जस्तो भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको तार काटेको/फुकाएको विषयमा केही बोलेनन् ।

सांसदहरुले एसएसबीले तुइन काटेकै कारण जयसिंह नदीमा खसेको भनेर प्रत्यक्षदर्शीहरुले भनिसक्दा पनि सरकार किन मौन बसेको भनेर प्रश्न गरेका छन् ।

जवाफका क्रममा गृहमन्त्री खाँणले भने आम नागरिक र सांसदहरुको धारणालाई सरकारले गम्भीर रुपमा लिएको बताए । तर आफैंले छानविनका लागि समिति बनाएकाले त्यसलाई प्रभावित हुने गरी राय दिन नमिल्ने बताए ।

उनले अघि भने, ‘प्रतिवेदन आएपछि त्यसमा उल्लेख भएका विषय कार्यान्वयनका लागि जुन सुकै अडान लिन सरकार प्रतिवद्ध छ । तर हामी आफैंले छानविन प्रभावित पार्ने गरी कुनै पनि राय दिन मिलेन ।’

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by:

सोमवार, साउन १८, २०७८ (August 2, 2021, 2:26 pm) मा द्वारा अपराध अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै