आइतवार, साउन १३, २०७५, ।
गायिका सुनिता दुलाल र सहदेब कोइरालाले दृष्टिविहिनलाई आर्थिक सहयोग गरेका छन् । दृष्टिविहिन सोम दुलाललाई उनीहरुले १०/१० हजार रुपैयाँ सहयो गरेका हुन् ।
सिन्धुपाल्चोकमा दृष्टिविहिनहरुका लागि आवासहितको भवन निर्माणका लागि तिज महोत्सव–२०५७ पनि आयोजना गरिएको गायिका दुलालले बताइन् ।
“सिन्धुपाल्चोकमा दृष्टिविहिनहरुका भवन निर्माणका लागि मैले पहल गरिरहेको छु, यसका लागि काम पनि शुरु भैसकेको छ,” उनले भनिन्, “घरको नक्सा पनि बनिसकेको छ । अब निर्माणले गती लिन्छ, यसका लागि आर्थिक सहयोगका लागि कार्यक्रम गर्नुपर्ने छ ।”
आवाससहित दृष्टिविहिनहरुको वृत्ति विकासका लागि सिप सिकाउने सुविधा सम्पन्न भवन निमार्णको तयारी रहेको उनले बताइन् ।