नेताहरूले कति कुम्ल्याए हिसाव हुदैन तर नेपालमै यस्ता नेता पनि छन जसले समाजका लागी कति दान गरे हिसाव छैन । सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ पातो निवासी प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरी, जसले स्कुल, बजार, स्वास्थ्य संस्था, खानेपानी तथा बाटाे अादीका लागी यति दान गरे कि पत्याउनै गाह्राे पर्छ।
नेताहरुले कुम्लाउने मात्र गर्छन् भन्नेहरुका लागि र कुम्ल्याउने मात्र नेताका पनि अपवाद हुन् उनी । ७२ वर्षे चन्द्रकान्तले बजार बसाउनेदेखि लिएर सरकारी कार्यालय, विद्यालय, प्रहरी चौकी, स्वास्थ्य संस्था, खानेपानीका लागि बिघौं जग्गा दान र नगद सहयोग गरेका छन् ।
‘विना कुनै स्वार्थ जग्गा दान गर्दै आएको छु,’ चन्द्रकान्त भन्छन्, ‘यहाँका जनताले सबै सेवा, सुविधा आफ्नो गाउँ-ठाउँमा पाउन् भन्ने अपेक्षा छ । र, यही अपेक्षाका लागि अहिले पनि काम गरिरहेको छु ।’
मुलुक संघीयतामा प्रवेश गरेसँगै नयाँ स्थानीय तह निर्माण भएपछि नगरपालिकाको भवन बनाउन करोडौं मूल्यको जग्गा दान गरेका छन् उनले । ‘पातो बजारकै १० कठ्ठा जग्गा उहाँले नगरपालिकाको भवन निर्माणका लागि दान गर्नुभएको छ,’ नगरपालिकाका मेयर शिवनारायण साहले भने, ‘जग्गाको मूल्य पाँच करोडभन्दा बढी छ ।’
हरेक क्षेत्रमा दान गर्ने सांसद काे हुन ?
सांसद चन्द्रकान्त जमिन्दारका छोरा हुन् । उनका बुवा उमाकान्त अत्यधिक जग्गा भएका व्यक्ति थिए । २०३३ सालमा जंगलै जंगल रहेको पातो क्षेत्रमा बजार बनाउन जग्गा दिए उनले । र, पसलहरु खोलाउन लगाए । त्यसबेला १२ बिघा बजारका लागि दान दिइएको थियो ।
‘बजार बनाउने बेला बाटोको पनि समस्या देखिएको थियो,’ सांसद चौधरीले भने, ‘बजार आउन जान बाटोका लागि ५ बिघा जग्गा थप दिएँ त्यही बेला ।’
सोही समय शिक्षाको कमी महसुस गरे चन्द्रकान्त र उनका पिताले । छोरालाई भारतको दरभंगा पढाउन पठाएपछि उनका पितालाई गाउँमै विद्यालय खोल्न मन लाग्यो । २०३३ सालमा भारतको दरभंगास्थित मारवाडी विद्यालयमा कक्षा ९ मा अध्ययनरत रहेको समयमा उनी गाउँ आए र सोही समयमा विद्यालय खोल्ने सोच बनाए । यसका निम्ति शुरुमा ४७ बिघा जग्गा दान गरे चन्द्रकान्तले ।
बुवा उमाकान्तले धेरै भाकल गरेपछि जेठो छोराको रुपमा चन्द्रकान्त जन्मिएका थिए । चन्द्रकान्तको हरेक कुरा उमाकान्तले मान्थे । उनले कुनै कामका लागि जग्गा दान दिन खोज्दा बुवा उमाकान्तले रोक्दैनथे । ‘बुवाले पनि छोराले राम्रो काम गरिरहेका छन् भनेर साथ दिनुहुन्थ्यो,’ चन्द्रकान्तले भने ।
चन्द्रकान्तको नामबाटै बुवा उमाकान्तले विद्यालय खोले । ‘तर बुवाले मेरो बुवा कन्तलालको नामबाट माध्यमिक विद्यालय बनाउन आग्रह गर्नुभयो । मैले त्यसैअनुसार गरेँ र पुनः पाँच बिघा जग्गा दिएँ,’ उनी भन्छन् । पछि होस्टल बनाउन, खेल मैदान बनाउन र भवन निर्माण गर्नसमेत गरी ६३ बिघा जग्गा विद्यालयलाई प्रदान गरिएको उनी बताउँछन् ।
विद्यालय खुल्यो । बजार पनि बन्यो । तर सरकारी सेवा, सुविधा लिन यस क्षेत्रका जनतालाई सास्ती व्यहोर्नुपर्ने अवस्था बिद्यमान थियो । यो आवश्यक्तालाई महसुस गरेका चन्द्रकान्तले शुरुमा १३ कठ्ठा जग्गा दान दिएर स्वास्थ्य चौकी खोल्न लगाए ।
यस क्षेत्रका बासिन्दाले स्वास्थ्य सेवा पाउन थालेपनि कृषकहरुका लागि समस्या कायमै थियो । किनभने पशु चौपाया बिरामी परे टाढा लग्नुपर्ने हुन्थ्यो उपचारका लागि । यो अवस्था देखेपछि उनले पुनः १३ कठ्ठा जग्गा दिए कृषि कार्यालय र पशु कार्यालय स्थापनाका लागि ।
गाउँमा सबै आवश्यक्ता पूर्ती हुँदै जाँदा सुरक्षाको सवाल अहंम बन्यो । ‘शुरुमा त आफैं गाउँ-गाउँ घुमेर सुरक्षा दिने काममा खटियौं,’ उनले भने, ‘विस्तारै प्रहरी चौकी भवन बनाउने बिषयमा गाउँमा छलफल हुँदा आठ कठ्ठा जग्गा दिएँ र प्रहरी चौकी स्थापना भयो ।’ उनले प्रहरीको भवन बनाउन नगद ३ लाख ५० हजार रुपैयाँसमेत उपलब्ध गराए आफ्नो तर्फबाट ।
यसबाहेक उनले खानेपानी कार्यालयको भवन बनाउन ५ कठ्ठा, सशस्त्र प्रहरीको भवन बनाउन १० कठ्ठा, साना किसानको भवन बनाउन १० कठ्ठा, सहकारी संस्थालाई ५ कठ्ठा जग्गा दान गरेका छन् ।
अहिले भएको पातो बजारमा हटियाका निम्ति सेड निर्माण गर्न पनि उनले ११ कठ्ठा जग्गा उपलब्ध गराएका छन् । उनले दिएको जग्गामा नगरपालिकाले ५० लाख रुपैयाँ खर्च गरी सेड समेत निर्माण गरिसकेको छ ।
अस्पतालका लागि दान दिन तयार
सांसद चौधरीले यस क्षेत्रमा प्रायः सबै थोक भएपनि व्यक्तिको स्वास्थ्योपचारका लागि समस्या हुने गरेको बताए । ‘यसका निम्ति म चिन्तित छु,’ उनले भने, ‘अब सांसद बनेपछि यो पनि सपना पूरा हुने विश्वास लिएको छु ।’
उनले यस क्षेत्रमा अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्री उपेन्द्र यादवज्यूसँग कुरा गरिसकेको जानकारी दिए । ‘कुरा गर्दा स्वास्थ्य मन्त्रीले यसका निम्ति जग्गा खोज्नुपर्ने बताउँदा आफू नै दिन तयार रहेको बताएपछि २५ बेडसम्मको अस्पताल बनाउन सकिने आश्वासन पाएको छु,’ उनले भने ।
उनले अस्पताल निर्माणका लागि चाहिने जति जग्गा उपलब्ध गराउने बताए ।
राजा हरिश्चन्द्रको प्रेरणा
उनले भारतमा पढेका थिए । भारतमा पढ्दै गर्दा थुप्रै नाटकमा अभिनय गर्थे उनले । राजा हरिश्चन्द्रको नाटकमा पनि अभिनय गरे । उनलाई हरिश्चन्द्रकोे कथा साह्रै मन पर्यो । कथा मन परेपछि उनले धेरै पटक हरिश्चन्द्रको नाटकमा अभिनय गरे ।
नाटक गर्ने क्रममा राजा हरिश्चन्द्रको भनाई ‘बेचदेही दारा सुमन होहु दास हुमन, मन वचन कर्म ही अभिमानी’ भन्ने शब्दको प्रयोग गर्नुपर्थ्यो उनलाई । उनले यही शब्दबाट मन, वचन र कर्मले अरुका लागि काम गर्नुपर्छ भनेर सिकेको बताए ।
राजा हरिश्चन्द्रकै इतिहासबाट प्रेरणा लिँदै दान गर्न थालेको उनले बताए । (अनलार्इन खबरमा प्रकाशित सामाग्रीबाट)
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द