सार्बजनिक बसहरुमा सामर्थ्य नेपालले राख्यो ‘फाेहाेर मलाइ’

मङ्लबार, पुस ३, २०७५, । 

रमित पाण्डे, चितवन । चितवनको पुल्चोकमा सार्बजनिक बसहरुमा बढ्दो फोहोर ब्यस्थापनका लागि सामर्थ्य नेपालले आज फोहोर मलाइ (डस्टबिन) राखेको छ ।

जनचेतना फैलाउनका लागि फोहोर जथाभाबी नफाल्न अनुरोध गरिएका स्टिकर पनि राखिएको छ।

करिब ५०० बस ,अटोरिक्सा,म्याजिकहरुमा सवार जनतालाई फाेहाेर नफाल्न अनुरोध गरिएको अभियानका संयोजक अर्जुन भुसालले बताउनुभयो ।

यो अभियान अब देशब्यापी चलाएर एउटा नया सन्देश प्रवाह गर्ने उदेश्य रहेको संयोजक भुसालको भनाई छ । कार्यक्रममा बस ब्याबसायी संघ, जिल्ला ट्राफिक कार्यालय चितवनका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो।

यस अभियान सम्पन्न गर्न इम्पल्स एजुकेसन कन्सलटेन्सिले करिब ३०० पिस स्टिकर सहयोग गरेको थियो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

मङ्लबार, पुस ३, २०७५ (December 18, 2018, 9:50 am) मा द्वारा कृषि / विकाश अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै