जलवायु परिवर्तन तथा वातावरणीय समस्या न्यूनिकरणको लागि सरकारी पहलको माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ । विद्यार्थीहरुको समूहले ‘बाँच्न दे सरकार’ भन्दै प्रदर्शनीमार्गमा प्लेकार्ड, ब्यानरसहित प्रदर्शन गरेका हुन् ।
नेपाल विद्यार्थी संघको आरआर क्याम्पस इकाइको आयोजनामा काठमाडौँमा वातावरण प्रदुषणका कारण सास फेर्न पनि मुश्किल भएको भन्दै माक्स लगाएर प्रदर्शन गरेका हुन् । उनीहरुले अनुहार कालो प्लाष्टिकले छोपेर सडकमै सुतेर प्रदर्शन गरेका थिए ।
आफूहरुले सरकारलाई काठमाडौँसहितका शहरको वातावरण मानवका लागि योग्य बनाउन पहल गर्नका लागि झकझक्याउने उद्देश्यले प्रितिकात्मक प्रदर्शन गरेको नेविसंघका आरआर क्याम्पस इकाइ अध्यक्ष सञ्जीव ढकालले बताए ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द