युथ लिडरशिप कर्नर, लम्की द्वारा कालिकोटका आगलागी पिडितलाई राहत सामाग्री वितरण

बिहिबार, पुस २६, २०७५, । 

रमित पाण्डे, कैलाली । युथ लिडरशिप कर्नर लम्कीले कालिकोटका आगलागी पिडितलाई राहत सामाग्री हस्तान्त्रण गरेकाे छ ।

कालिकोटको पलाँता –१, खाडाका आगलागी पीडितलाई करीब १ लाख ५० हजार बराबरको राहत सामाग्री हस्तान्त्रण गरिएको हाे । पिडितहरुलाई पौष २१ गते शनिबार तातो लुगा र स्टेसनरी सामाग्री हस्तान्त्रण गरीएको युथ लीडरसिसप कर्नर लम्कीका संयोजक कृष्ण बटालाले जानकारी दिनु भयो ।

पिडित ३२ परीवार सहित एकल महिला, अपांग, बृद्धबृद्धाहरुलाई ५७ वटा बल्याङ्केट, ७० बालबालीकालाई न्यानाे स्विटर, ४८ बालबालिकालाई स्टेसनरी सामाग्री, १०० बालबालीकालाई टोपि, ट्रायाकशुट, पन्जा लगायत जाडोको लुगा बितरण गरीएको युथ लीडरसिप कर्नरका तिलक गडतोलाले बताएकाछन ।

केहि समय अगाडि चलाएको अभियानबाट विभिन्न ठाँउबाट सहयोग भएको रकमबाट राहात सामाग्री लीएर युथ लीडरसिप कर्नरको टोली कैलालीबाट कालीकोट गएको थियो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

बिहिबार, पुस २६, २०७५ (January 10, 2019, 9:47 am) मा द्वारा कृषि / विकाश अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै