पौडेलकाे पार्टी महाधिवेशन गर्न प्रस्ताव, अस्विकारमा देउवाले भने “साढे ५ वर्षमा मात्रै महाधिवेशन हुन्छ”

मङ्लबार, माघ १५, २०७५, । 

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुन ७ मा पार्टीको १४ औँ महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार उनले महाधिवेशनको तालिका प्रस्ताव गरे पनि सभापति शेरबहादुर देउवाले त्यसलाई ठाडै अस्वीकार गरेका छन् ।

देउवाले साढे ५ वर्षमा मात्रै महाधिवेशन हुने बताए । ‘उहाँले (पौडेल) पढ्नुभयो, सकियो । महाधिवेशन साढे ५ वर्षमा मात्रै हुन्छ,’ देउवाको भनार्ई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बताए ।

अग्रिम महाधिवेशनको माग गर्दै पौडेल पक्षले देउवाको जवाफबाट असन्तुष्ट बनेको छ । पौडेलले कार्यकाल बढाउनु अनैतिक हुने भन्दै आलोचना गरेका छन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

मङ्लबार, माघ १५, २०७५ (January 29, 2019, 8:37 am) मा द्वारा जनजीविका अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै