कैलालीको लम्किमा नेविसंघको राँके जुलुश

शुक्रबार, माघ १८, २०७५, । 

रमित पाण्डे, कैलाली । निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै सरकारविरुद्ध विद्यार्थीहरुले कैलालीको लम्किमा राँके जुलुश प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेस सम्बद्व नेपाल विद्यार्थि संघ, लम्किले बिहिवार साँझ लम्किमा नाराबाजी गर्दै राके जुलुश प्रदर्शन गरेको हो ।

हत्यारालाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न सरकार संग उनीहरुले माग गरेका छन् । यस्तै संसदबाट प्रतिनिधिसभाबाट पारित भएको स्वास्थ्य विधेक फिर्ता लिनु पर्ने, सुन काण्डको छानबिन गर्नु पर्ने, वाईडबडिको छानबिन लगाएका माग पनि उनीहरुले राखेका छन् ।

समाजमा हिंसात्मक गतिविधि बढेको, भ्रटाचार, महंगी मौलाउदै गएको शान्तिसुरक्षा खलबल भएको लागयतका कुराहरुमा बिरोध गरेको नेविसंघका ललित देउवा ले बताउनुभयो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

शुक्रबार, माघ १८, २०७५ (February 1, 2019, 8:52 am) मा द्वारा आफ्नै कुरा अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै