टी– २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजकाे अन्तिम खेल आज नेपाल यूएईसँग खेल्दै

आइतवार, माघ २०, २०७५, । 

काठमाडौं । टी– २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेलमा आज नेपालले घरेलु टोली यूएईसँग खेल्दैछ ।

तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा आज यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने चार विकेटले विजयी भएको थियो ।

आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात पार्दै सिरिज जित्ने लक्ष्यमा हुनेछ । यूएई पनि नेपाललाई पराजित गर्दै सिरिज जित्ने दाउँमा छ । नेपाल र यूएईबीचको खेल नेपाली समय अनुसार दिउँसो २ बजेर ४५ बजे सुरु हुनेछ ।

यसअघि सम्पन्न तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले यूएईलाई २–१ ले पराजित गरेको थियो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

आइतवार, माघ २०, २०७५ (February 3, 2019, 9:30 am) मा द्वारा खेलकुद अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै