कसैकाे विरोध र आलोचनाले असर गर्दैन- प्रधानमन्त्री

शनिकार जीतगढी विजय उत्सव समारोहमा प्रधानमन्त्री ओलीले यस्ताे भनेका हुन
शनिबार, बैशाख ७, २०७६, काठमाण्डाै । 

प्रधानमन्त्री केपी ओलीले देश अब विकासको बाटोमा अगाडि बढेको दाबी गर्दै विरोध र आलोचनाले असर नगर्ने बताएका छन् । बुटवलमा शनिकार जीतगढी विजय उत्सव समारोहमा उनले कसैले विरोध वा आलोचना गर्दैमा सरकार आफ्नो रफ्तारबाट पछाडि नहट्ने बताए ।

उनले संविधानपछि संघीयताअनुसार बनेका ३ तहका सरकारले पहिलो वर्षमा आवश्यक कानुन निर्माण, कर्मचारी समायोजन र संरचना निर्माण गरेको उल्लेख गरे। बुटवल, देशको शान्ति सुरक्षा विकास र इतिहास संरक्षणमा मुख्य ध्यानकेन्द्रित गरेको बताए। नेपाल कब्जा गर्न आएका अंग्रेज फौजलाई हराएको जीतगढी किल्लाको चर्चा गर्दै उनले अब देशभरका गढी र किल्लाको संरक्षण र संवर्द्धन गर्ने बताए।

रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले विकासमा पक्ष-विपक्ष नहुने भन्दै इतिहासको खोजी र संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको बताए। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जीतगढीलाई सम्पदा सूचीका रुपमा अगाडि बढाएको बताए।

नेकपाका महासचिव विष्णु पौडेलले जीतगढी सँगै युद्धका अन्य स्थान नुवाकोट, मणिमुकुन्दसेन पार्क लगायतलाई जोडेर विकास योजना बनाउने बताए।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नया मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नया मिडिया

नया मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा अडियो अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै