
चीनको वुहान सहरमा कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई स्वदेश फर्काउन आनाकानी गर्दै आएको सरकारले चिनियाँ पर्यटक भने दिनहुँ निर्बाध भित्र्याइरहेको छ ।
कोरोना भाइरस संक्रमणलगत्तै अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका अधिकांश मुलुकले चीनबाट सीधै प्रवेश गर्ने यात्रुलाई रोक लगाएका छन् । कतिपयले चीनमा निर्मित सामान आयातमै प्रतिबन्ध लगाएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
चीन स्वयंले पनि प्रभावित प्रान्त हुपईमा आफ्नै नागरिक आवागमनमा रोक लगाएको छ । अन्य सहरमा पनि घरबाहिर ननिस्कन, हूलमूल नगर्न र मिलेसम्मका काम घरबाटै गर्न प्रोत्साहन गर्दै आएको छ । चीनका विभिन्न सहरबाट नेपालमा सातामा सय हाराहारीमा पर्यटक आउने गरेको विमान कम्पनीका सञ्चालकहरूले जनाएका छन् ।
कोरोना भाइरस संक्रमणका कारण नेपाल आउने चिनियाँ पर्यटकको संख्या ह्वात्तै घटे पनि आउने क्रम रोकिएको छैन । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले चिनियाँ पर्यटक आइरहेको बताए । उनले भने, ‘पर्यटक आइरहेका छन् । यकिन संख्या थाहा छैन ।’ उनका अनुसार भाइरस संक्रमणले बढी प्रभावित वुहानबाट नेपाल आउन चीनले नै दिएको छैन ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द