समाजसेवामा युवा

सामाजिक अभियन्ता भूषालले बनाए असहाय दलित बृद्धको घर

नयाँ घर पाए पछी खुसी देखिएका नर बहादुर परियार

सामाजिक कार्यमा अहोरात्र समर्पित युवा अभियन्ता अर्जुन भूषालले बिभिन्न व्यक्तित्वहरूको सहयोगमा एकजना गरिब/दु:खि बृद्व नर बहादुर परियारको लागी घर निर्माण गरिदिएका छन् ।

पवित्र उद्वेश्यका साथ अर्जुनले विभिन्न सहयोगि हातहरुको सहयोगमा ती बृद्धको घर निर्माण गरेका हुन । घर निर्माणका लागी कुल २ लाख ६३ हजार ९ सय ४२ रुपैया संकलन भएको थियो । घर निर्माणमा २ लाख ४४ हजार ४ सय पैतिस रुपैया खर्च भएको भुसालले बताउनु भयो ।

बाकि रहेको नगद १९ हजार ५ सय ७ रुपैया अभियन्ता अर्जुन भूषालले नरबहादुर परियारलाई नै हस्तान्तरण गरे । समाज सेवा र सामाजिक काम लाई पवित्र मान्ने भुसाल बिगत केही वर्ष देखि सामाजिक कार्यमा निरन्तर लागि रहेका छन ।

घर र परियारकाे पहिले र अहिलेकाे अवस्था

अर्जुन भन्छ्न “म को हु के हु मलाइ थाहा छैन बस यति कुरा थाहा छ कि समाजका लागि केहि गर्नुपर्छ भन्ने सोच छ । सामाजिक कार्यमा जानि नजानि लागिरहेकै छु । बिभिन्न ठाउमा सहयोग गर्ने क्रममा छौ, गरिरहेका पनि छौ” ।

सहयाेगी दाताहरू

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

रमित पाण्डे

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
बिहि, असार १८, २०७७ (July 2, 2020, 11:16 pm) मा द्वारा नयाँ बिशेष अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै