
नेपालको राजदरबारसँग प्रायः शत्रुतापूर्ण सम्बन्ध रहे पनि नेपाली कांग्रेसका नेता बीपी कोइराला २०३३ सालमा भारत निवाएसनबाट ‘राष्ट्रिय मेलमिलाप’को आह्वान गर्दै नेपाल पर्किएका थिए ।
राष्ट्रियता जोगाउन राष्ट्रिय शक्तिहरूबीच मेलमिलाप हुनुपर्छ भन्दै नेपालमा लोकतन्त्र र राजतन्त्र दुवै आवश्यक छन् भनेका कारण कतिपयले बीपीको आलोचना गरेका थिए भने कतिले दूरदर्शी नेताको संज्ञा दिएका थिए ।
विसं २०३० को दशकको मध्यतिर बीपी स्वास्थ्य उपचारका लागि शैलजा आचार्यलाई लिएर लन्डन पुगेका थिए । अक्सर उच्च प्रतिष्ठित व्यक्तित्वहरू लन्डन पुगेका बेला बीबीसी नेपाली सेवाले अवसरको सदुपयोग गर्दै अन्तर्वार्ता लिइहाल्थ्यो । बीपी गएका बेला बीबीसी वल्र्ड सर्भिसले नेपाली सेवालाई खबरै नगरी लञ्चका लागि बोलायो । नेपाली सेवा छुट्यो । बीबीसी नेपाली सेवाबाट मणि राणा र ध्रुवहरी अधिकारी बीपी बसेकै ठाउँमै पुगेर र आधा घन्टा लामो अन्तर्वार्ता गरे । तर, उतिबेलाको समसामयिक विषयमा गरिएको अन्तर्वार्ता त्यसबेला बीबीसीले प्रसारण गरेन । तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेसका नेता बीपीसँग गरिएको अन्तर्वार्ता किन प्रसारण भएन त्यो त मणि राणा अहिले पनि स्पष्ट भन्न सक्तैनन् तर उनको विचारमा राजतन्त्रका नकारात्मक पक्षबारे बीपीले खुलेर आफ्नो विचार राखेकाले राजनीतिक समस्या समाधानका लागि दरबार र कांग्रेसबीच छलफल सुरु भइरहेका बेला बीपीको अन्तर्वार्ताले दरबार रुष्ट भएर बन्दै गएको सकारात्मक वातावरण पनि बिग्रिने हो कि भनेर प्रसारण नगरेको हुन सक्छ ।
विसं २०३० को दशकको (मिति खोज्न सकिँदैन ??) मध्यतिर बीपीसँग मणि राणा र ध्रुवहरी अधिकारीले गरेको अन्तर्वार्ता करिब चार दशकपछि बाहिरिएकाे छ। नेपालको राजनीतिलाई बुझन् सहायक हुनसक्ने यो अन्तर्वार्ता जस्ताको तस्तै प्रस्तुत गरेका गरेका छौँ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द