Naya Media
शुक्रबार, जेष्ठ ९, २०८२
| | May 23, 2025
शुक्रबार, जेष्ठ ९, २०८२
Advertisement

प्रेमीकाे प्रपाेजले खुसी बनेकी प्रेमिका चिप्लिएर पहाडबाट खसेपछी

User Photo
आइतवार, पुस १९, २०७७
काठमाण्डाै ।

प्रेमका परेका दुई व्यक्तिमा जब प्रेमीले आफ्ना प्रेमिकालाई प्रपोज गर्छ, तब यो क्षण कुनै प्रेमिल जोडीका लागि कम रोमाञ्चक हुँदैन । तर अष्ट्रियामा एक प्रेमीलाई आफ्नो प्रेमिकालाई प्रपोज गर्नु भारी पर्यो । खुसीमा प्रेमिकाको खुट्टा चिप्लियो र उनी पहाडबाट ६५० फुट गहिरो चट्टानमा खसिन् ।

यो घटना अस्ट्रियाको कारिन्थिया इलाकाका हो जहाँ एक जोडीका लागि प्रेमको यो पल भयानक घटनामा परिवर्तन भयो । प्रेमीले प्रेमिकालाई प्रपोज गर्ने बित्तिकै युवतीले खुसी हुँदै प्रपोज स्विकारेको जनाउ दिँदै टाउको हल्लाइन् र यतिबेला उनको खुट्टा चिप्लियो । द सनको रिपोर्ट अनुसार २७ वर्षका एक व्यक्तिले आफ्नी ३२ वर्षीया प्रेमिकालाई कारिन्थियामा प्रपोज गरे । यतिबेला प्रपोजल स्विकार गरेपछि फल्कर्ड पहाडबाट चिप्लिइन् । यो घटना २७ डिसेम्बरको हो । यो जोडी एक दिन अघि पहाडमा ट्रेकिङ गर्न गएको थियो ।


advertisement

६५० फुट तल खसेपछि पनि युवती बाँच्न सफल भइन् किनभने भारी हिमपातका कारण तल बरफ जमेको थियो जसका कारण उनलाई खासै धेरै चोट लागेन । यस्तै प्रेमिकालाई बचाउनका लागि युवक पनि हाम फाले तर ५० फिट तल पुगेपछि उनी एक चट्टानको बीचमा फसे र उनको पनि ज्यान बच्यो । यद्यपि, यतिबेला युवकको खुट्टा भने भाँच्चियो ।

डेली मेलका अनुसार पहाडबाट खसेपछि महिला एउटा ताल नजिकै बेहोस पाइएकी थिइन् । एक पर्यटकले उनलाई देखेपछि सुरक्षाकर्मीलाई यसबारे जानकारी दिए । त्यसपछि दुबै प्रेमी प्रेमिकालाई हेलिकोप्टरमार्फत् उद्धार गरियो र अस्पताल भर्ना गरियो । दुबैको ज्यान बच्यो ।

घटनास्थलमा भएका एक प्रहरी अधिकारीले डेली मेलसँगको कुराकानीमा भने, ‘दुबै असाध्यै भाग्यमानी थिए । यदि चट्टानमा भारी हिमपात नभएको भए यसको परिणाम अरु केही पनि हुन सक्थ्यो ।’


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

[jetpack_subscription_form title="" subscribe_text="Enter your email to receive new posts." subscribe_button="Subscribe"]

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.