विश्लेषण

प्रायोजित संस्कृति

'छोरी मासु नभई भागै बस्दिन' भन्ने विज्ञापन सुनेका केटाकेटीले सधैँ मासु चाहियो भने के होला ?
कोमल प्रसाद अधिकारी

मुख्य बिषयमा प्रवेश गर्नुभन्दा पहिले केही उदाहरण हेराै, जसले हामीलाई साेच्न बाध्य बनाउछ, परिवार, समाज र हाम्राे संस्कृति कता जाँदैछ भन्ने कुरालाई चित्रण गर्छ ।

आजकाल हामी अपराधका नयाँ-नयाँ घटनाहरू प्रत्यक्ष देखी/सुनी रहेका छौँ। यसको पछाडिका कारणहरूमध्ये एउटा संस्कृति पनि हो, हाम्रो माटोसँग मेल नखाने संस्कृति। काल्पनिक दुनियाँले ल्याएको संस्कृति। वस्तुको बजार प्रवर्दधन गर्न ल्याईएको संस्कृति। मानिसलाई वस्तु मात्रै ठान्ने संस्कृति। मानिसका आवश्यक्ता पुरा गर्नु भन्दा सोचाइलाई नै डाइभर्ट गर्ने संस्कृति र संस्कृति सृजना/ प्रायोजन गरेर अवैज्ञानिक कुराहरूलाई अहिलेको सत्य र निर्विकल्प वृतान्त ( Narrative) बनाई महा-वृतान्त ( Meta Narrative) हो भनी अरूको कुरा/ सोचाइलाई यसै महा वृतान्तले हल गर्छ भन्ने संस्कृति। अथवा, प्रायोजित संस्कृति।

  • एउटा Global Conference पछि भक्तपुरमा Field Visit गर्न जाँदा धेरै देशका साथीहरू थियौं। बाटोमा एउटा गाई उग्राईरहेको (जनावरको पाचन प्रक्रिया अन्तर्गतको पेटको खाना निकालेर चपाउने एउटा क्रिया) थियो। त्यो देखेर एकजना लगभग ५० वर्षीया सामाजिक अभियन्ता American Madam छक्क पर्नु भयो, त्यसबारे सोध्नुभयो र पछि भन्नुभयो- “मैले गाई त देखेको थिएँ तर यस्तो गरेको अहिलेसम्म देखेको थिइँन।”
  • काठमाण्डौ जाँदा एउटा घरमा पाहुना लागियो। त्यहाँ बस्ने ७-८ वर्षे नानीसँग कुराकानी गर्ने क्रममा गाउँले जीवन र सहरिया जीवनको सम्बन्ध बुझ्न (त्यो गाई नपाल्ने परिवार भएकाले र दूध-चिउरा खाईरहेको देखेपछि) सोध्ने काम गरेँ : ” नानी तिमी कुन गाईको दूध खान्छ्यौ ?” उत्तर आयो- ‘सीताराम गाईको’। र, उनले त्यहि नामको दूधको फ्याँकिएको पाउच पनि देखाईन्, प्रमाणको लागि ।
  • सानैदेखि Video game, Cartoon देखाएर सहरमा बच्चाहरूलाई खाना खुवाएको त हामीले आमरूपमा देखीरहेकै छौँ र बच्चाहरू (अलि पछि) Cartoon का पात्रहरूको घर लग्दिनु भने भने के हामी त्यहाँ लैजान सक्छौँ ? असम्भव। त्यसपछि तपाईं र बच्चाहरूमा अन्तर्द्वन्द्व शुरू हुन सक्छ, अभिभावक र बालकको सम्बन्ध बिग्रन सक्छ र असल नागरिक बनाउन कठिन हुन्छ।
  • प्लाष्टिकका फूल, क्रिसमस रूख वास्तविक ल्यायो भने बच्चाहरूले नमान्ने संस्कृति बन्दैछ।
  • बजारमा सामान किन्न जाँदा त्यसको कार्य र अन्तरनिहीत तत्व आदि भन्दा फलानो कलाकारले प्रयोग गर्ने वा भने जस्तै दिनुहोस् भन्ने चलन बढ्दैछ।
  • म एकचोटी केरा किन्न जाँदा एकजना आमा विक्रेता हुनुहुन्थ्यो। मैले आमालाई सोधेँ- ” अौषधि हालेर पकाएको हो कि होइन?” आमाले हो भन्नु भयो र मैले नकिनी हिँड्न लागेको देखेर आमा छक्क पर्नु भयो, वहाँको सोचाइ अनुसार अौषधि हाल्नु राम्रो रहेछ।
  • Disney World, Las Vegas, Laptop, Mobile, TV Serial आदिमा रमाउने परम्परामा वृद्धि हुँदैछ, बसेर छलफल गर्ने, घरको बारेमा सोच्ने परम्परामा कमी।
  • टेलि सिरियल, चलचित्र, Hyperreality Games आदिका पात्रहरूमध्ये कुनै एउटालाई आफू ठानी त्यहि मुताबिक गर्दा पारिवारीक सम्बन्धमा आँच आउँदै गरेको देखिन्छ जसले समाजमा समेत बिग्रह ल्याउँदैछ।
  • 9/11 ( September 11, 2001 मा अमेरिकामा भएको ) जस्ता घटनालाई कैयौंले चलचित्रको रूपमा व्याख्या गर्नुले मानिसमा प्रयोगको लालसा र गाम्भीर्यता हराएको रूपमा पनि बुझ्न सकिन्छ।
  • Media, Social Media का कैयौं सकारात्मक पक्षहरू भएतापनि प्रवर्द्धन र प्रायोजन गरिएका कैयौं कुराहरूलाई आधार बनाएर मानिसहरू वास्तविक जीवनसँग तादाम्यता देखाउन खोज्दछन् जसले गर्दा अपराधीहरू जन्मनसक्ने, साम्प्रदायिक/ धार्मिक/जातिगत बिग्रह हुन सक्ने सम्भावना रहन्छ।

माथिका यी केही उदाहरणहरू मात्र हुन्। वास्तबमा हामीमध्ये केही र अधिकांश सहरिया एवं केही ग्रामीण बालबालिका/ युवाहरूमा अहिले काल्पनिक कुरालाई सत्य मानेर हिँडीरहेको देखिन्छ, तिनै काल्पनिक पात्र/वस्तुहरूलाई वास्तविक दुनियाँका मानिसहरू/वस्तुहरू मान्दै गएको देख्छौँ। वास्तविक दुनियाँका कुराहरूबाट रमाइलो नहुने अवस्थामा पुग्दैछौँ। ती काल्पनिक पात्रहरूलाई घरका सदस्य भन्दा बढी माया जताउँदैछौँ र उनीहरूको अवसानमा धेरै दुखित हुने अवस्था भएको देख्दैछौँ। वास्तविकतालाई नस्वीकार्ने अवस्थाले हामीलाई ठूलो सङ्कट त निम्त्याईरहेको छैन ? सोचनीय छ।

‘छोरी मासु नभई भागै बस्दिन’ भन्ने विज्ञापन सुनेका केटाकेटीले सधैँ मासु चाहियो भने के होला ?

त्यस्तै फलानो सिरियलमा त छोरा-छोरीले जे माग्यो त्यो पुर्याईदिएका छन् खालि तपाईँहरू त हो नि हाम्रो वास्तै नगर्ने र रिसाईहाल्ने भनेर हाम्रा बच्चाहरूले भने भने के पारिवारिक जीवन राम्रोसँग चल्ला? त्यो क्षमता छ हामीसँग सम्झाउने वा माग पूरा गर्ने ?

आजकाल हामी अपराधका नयाँ-नयाँ घटनाहरू प्रत्यक्ष देखी/सुनी रहेका छौँ। यसको पछाडिका कारणहरूमध्ये एउटा संस्कृति पनि हो, हाम्रो माटोसँग मेल नखाने संस्कृति। काल्पनिक दुनियाँले ल्याएको संस्कृति। वस्तुको बजार प्रवर्दधन गर्न ल्याईएको संस्कृति। मानिसलाई वस्तु मात्रै ठान्ने संस्कृति। मानिसका आवश्यक्ता पुरा गर्नु भन्दा सोचाइलाई नै डाइभर्ट गर्ने संस्कृति र संस्कृति सृजना/ प्रायोजन गरेर अवैज्ञानिक कुराहरूलाई अहिलेको सत्य र निर्विकल्प वृतान्त ( Narrative) बनाई महा-वृतान्त ( Meta Narrative) हो भनी अरूको कुरा/ सोचाइलाई यसै महा वृतान्तले हल गर्छ भन्ने संस्कृति। अथवा, प्रायोजित संस्कृति।

यस्तो संस्कृतिबाट बच्न/बचाउन अहिलेदेखिनै लाग्नु पर्दछ। वास्तविकतासँग मेल ( Tally) गर्न थाल्नु पर्दछ, वास्तविक वस्तुहरू देखाउनु पर्दछ, सत्यसँग दाँज्न लगाउनु पर्दछ, छोराछोरीसँग अन्तरङ्ग छलफल गर्नुपर्दछ, उनीहरूका कैयौं समस्या अभिभावकले विश्लेषण गराई हल गर्नु पर्दछ ता कि उनीहरू अन्त हल खोज्न जानु नपरोस्। सम्भव नभएका समस्या विद्यालय/ विभिन्न क्लब/समूहले पुरा गर्न सक्छ।

‘छोरी मासु नभई भागै बस्दिन’ भन्ने विज्ञापन सुनेका केटाकेटीले सधैँ मासु चाहियो भने के होला ?

त्यसैगरीअहिले देखि नै जनसङ्ख्याका आधारमा मात्र, बिचारमा होईन; साना वृतान्तहरू ( Marginal Narratives), सोचाइहरूलाई Meta Narrative ले कत्तिको हल गर्यो वा गरेन परीक्षण गरिनुपर्छ। नगरेको भए किन गरेन छलफल चलाईनु पर्छ। त्यसले प्रायोजित भए नभएको पुष्टि गर्छ। सृजित वा प्रायोजित दुनियाँ, वृतान्त, बजारवारे शिक्षा दिने/ लिने गर्नु पर्दछ नत्र हामीले ‘हो मा हो’ मिलाउँदै गयौँ भने काल्पनिक दुनियाँले डेरा गर्नेछ र पछि घर बनाउने छ। समाजलाई एकीकरण गर्ने होइन अझ बिग्रह गर्नेछ, जुन समग्र मानव समाजको लागि प्रत्युपादक हुनेछ।

  • कोमल प्रसाद अधिकारी

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

कोमल प्रसाद अधिकारी

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
आइत, अशोज २५, २०७७ (October 11, 2020, 6:01 pm) मा द्वारा जनजीविका अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै