Naya Media
शुक्रबार, असार ६, २०८२
| | June 20, 2025
शुक्रबार, असार ६, २०८२
Advertisement

सुपर कर्णाली डिलक्स यातायात प्रा.लि. द्वारा टिकापुरमा निशुल्क अटाे एम्बुलेन्स सेवा सुरु

User Photo
मङ्लबार, जेष्ठ ११, २०७८
टिकापुर ।

कैलालीकाे टिकापुर नगरपालिकामा काेराेना महामारीलाई मध्यनजर गर्दै निशुल्क अटाे एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएकाे छ । सुपर कर्णाली डिलक्स यातायात प्रा. लि.ले संकटकाे वेलामा बिरामी अस्पताल लिन र घर लैजान सहज हाेस भन्ने उद्देश्यका साथ निशुल्क अटाे एम्बुलेन्स सेवा सुरु गरेकाे हाे ।

तिनवटा इलेक्ट्रिक र दुईवटा पेट्राेल अटाे रिक्सा चाैबिसै घण्टा उपलब्ध रहने प्रा.लि. का सञ्चालक लाेक बहादुर बुढाक्षेत्रीले जानकारी दिनुभयाे । काेराेना महामारीमा निशुल्क अटाे रिक्सा सञ्चालन गर्दै स्राहनिय काम गरेका युवा अगुवा तथा स्थानिय व्यापारी बुढाक्षेत्री यस अघि पनि विभिन्न सामाजिकमा सक्रिय रहदै आएकाछन ।


advertisement

अस्पताल पुग्न बाट काेही बन्चित नहाेस र समयमै उपचार पाउन् भन्दै आफुले सकेकाे गरेकाे भन्ने बुढाक्षेत्रीले टिकापुरमा सरकार तथा पार्टीका नेताहरुले खासै चासाे नदिएकाेले एकआपसमा सबैले सक्दाे सहयाेग र याेगदान गरी महामारी संग लडनु पर्ने बताउनु भयाे ।

यातायातकाे समस्या भएका बिरामी तथा बिरामीका आफन्तहरुले निशुल्क अटाे एम्बुलेन्स सेवाका लागि ९८५११५६६४२, ९८४८४९१९६०, ९८०४६२२३०४ सम्पर्क गर्न सकिने प्रा.लि.ले बताएकाे छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.