Naya Media
मङ्लबार, बैशाख ३०, २०८२
| | May 13, 2025
मङ्लबार, बैशाख ३०, २०८२
Advertisement

कर्णालीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका तिन मध्य एक महिलाको शव भेटियाे

User Photo
आइतवार, साउन १७, २०७८
सुर्खेत ।

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ । कैलालीको मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया धनसरी सलामीको शव फेला परेको घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय, सुँगरखाल कैलालीका इन्चार्ज राजेन्द्रबहादुर कुमालले जानकारी दिए ।

‘बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ, भखरै घटनास्थलदेखि तीन सय मिटर तल एक महिलाको शव फेला पारेका छौं,’ इन्चार्ज कुमालले भने ।


advertisement

कैलालीको मोहन्याल गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिका बीचमा पर्ने कर्णाली नदीमा आइतबार बिहान १० बजेतिर डुंगा पल्टिँदा एक गर्भवती महिलासहित तीनजना बेपत्ता भएका थिए । उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

१० जना सवार रहेको डुंगा पल्टिँदा दुई जना घाइते भएको र पाँच जनाको सकुशल उद्धार गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी माधव श्रेष्ठले जानकारी दिए ।

घटनास्थलमा सुर्खेतको बाबियाचौर र कैलालीको सुँगरखालबाट खटिएको प्रहरी टोलीले खोजी तथा उद्धार थालेको एसपी श्रेष्ठले बताए ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.