कञ्चनपुर प्रकरण : ‘वलात्कार’ छानबिनमा सदस्यकै प्रश्न

मङ्लबार, भदौ २६, २०७५, । 

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिएका छन् । १५ दिनको म्याद पाएको समितिको म्याद फेरि १५ दिन थपिएपछि उनले असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । समितिमा प्रतिनिधित्व गर्ने पाँचजनामध्ये केसी मात्रै न्याय सेवाका अधिकारी हुन् ।
समितिमा रहेका एक सुरक्षाकर्मीका अनुसार छानबिनका लागि थप समय माग्ने विषयमा केसीले विरोध गरेका थिए । वास्तविक अपराधी बलिया भएकाले प्रमाण पनि मेटाउन सक्ने भन्दै केसीले १५ दिनभित्र प्रतिवेदन दिनुपर्नेमा जोड दिएका थिए । तर, प्रतिवेदन नै लेख्न ढिला गर्ने र प्रमाण मेटाउन सहयोग गर्ने छानबिनमा आफू बस्न नसक्ने भन्दै उनले राजीनामा दिएका छन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

मङ्लबार, भदौ २६, २०७५ (September 11, 2018, 8:43 am) मा द्वारा आफ्नै कुरा अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै