फेसबुकमा ग्रुप बनाएर चिट चोराउने केन्द्राध्यक्ष सहित पाँच जनालाई कारवाही

बुधबार, चैत्र १३, २०७५, । 

सप्तरी जिल्लाका विभिन्न परिक्षा केन्द्रमा विद्यार्थीहरुले फेसबुकमा ग्रुप बनाएर च्याटका माध्यमवाट एसईईको चिट चोराउने गरेको पाइएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल सहित बिभिन्न सरकारी अधिकारीहरुको अनुगमन टोलीले जिल्लाका केही परिक्षा केन्द्रहरुमा व्यापक रुपमा अनियमितता भइरहेको जनाएको हो । चिट चोराउने कार्यमा संलग्न भएको आरोपमा सप्तरीमा एक केन्द्राध्यक्ष निकालिएका छन् ।

नक्कली कार्यालय सहयोगी बनेका चार जना र आठजना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिई  दिउँसो कागज गराई छाडेको छ ।  सप्तरीकै  बनरझुलास्थित ककिझौ माध्यमिक विद्यालय परिक्षा केन्द्रका केन्द्राध्यक्ष सहित पाँच जनालाई कानुनी कारवाही सुरु गरिएको  छ ।

सो परिक्षा केन्द्रका केन्द्राध्यक्ष रामअवतार गुप्तामाथि कानुनी कारवाही सुरु गरिएको छ । यस्तै नक्कली कार्यालय सहयोगीहरु रामन्दरप्रसाद चौधरी,रामानन्द चौधरी,लगेन्द्रप्रसाद चौधरी र देवनारायण मण्डललाई पक्राउ गरिएको छ ।  प्रहरीले विभिन्न परीक्षा केन्द्रबाट २५ वटा मोबाइल सकेत बरामद गरेको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

बुधबार, चैत्र १३, २०७५ (March 27, 2019, 9:05 pm) मा द्वारा आफ्नै कुरा अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै