Naya Media
शुक्रबार, साउन २२, २०८३
| | August 7, 2026
शुक्रबार, साउन २२, २०८३

प्रदेश सांसदलाई कोरोना संक्रमण, सम्पर्कमा आएकालाई परीक्षण गर्न आह्वान

User Photo आइतवार, साउन २५, २०७७
काठमाण्डाै ।

प्रदेश ५ की सांसद कृष्णा केसी कोरोना संक्रमित भएकी छन्। बाँकेबाट प्रदेशसभामा सदस्य भएकी उनमा पीसीआर परीक्षणका क्रममा शनिबार कोरोना पोजेटिभ देखिएको हो।

सांसद केसीले आफू कोरोना पोजेटिभ भएको र आफूसँग सम्पर्कमा आएकालाई परीक्षण गर्दै सचेत हुन सामाजिक सञ्जालबाट आह्वान गरेकी छन्। निर्वाचन क्षेत्रमा कोरोनाविरूद्ध काम गरिरहदा संक्रमित भएको हुन सक्ने उनले बताएकी छन्।

झन्डै ५ हजार संक्रमित भएको प्रदेश ५ मा भीआईपीलाई संक्रमण देखिएको पहिलो हो। यसअघि स्थानीय तहका जनप्रतिनिधिमा संक्रमण देखिएको थियो। प्रदेशका बाके, रूपन्देही, कपिलवस्तु, बर्दिया, नवलपरासीमा समुदाय स्तरमा कोरोना देखिएको छ। यीमध्ये चार जिल्लामा निषेधाज्ञा गरिएको छ।

प्रदेशमा कोरोनाबाट १३ जनाको मृत्यु भएको छ। प्रदेशमा कोरोना संक्रमित निको हुने दर ९० प्रतिशतभन्दा माथि छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.