Kanoon Post
बिहिबार, चैत्र १५, २०८०/ March 28, 2024,
बिहिबार, चैत्र १५, २०८०

Trending :

No tags found.

सुदूरपश्चिमको पहाडी जिल्लामा सुरु भयो उडान

काठमाण्डाै ।

सुदूरपश्चिमको पहाडी जिल्लामा नियमित उडान भर्ने योजना बनाएको समिट एयरको टुइन अटर बिमान मंगलबार बझाङ पुगेको छ ।

कैलालीको धनगढी विमानस्थलबाट समिट एयरको ९ एन—एकेजेड विमान १६ जना यात्रु बोकेर बझाङ पुगेको हो । बझाङबाट पनि १६ जना यात्रु बोकेर उक्त विहान धनगढी फर्केको छ ।

२०३५ सालमा धुले धावनमार्गमा हवाई उडान सुरु भएको बझाङ विमानस्थल २०६६ सालदेखि पूर्ण रुपमा बन्द थियो । द्वन्द्वकालमा समेत नियमित उडान भइरहेको बिमानस्थलमा शान्ति स्थापना भएसंगै यात्रुहरुको संख्या घटेको कारण देखाउँदै नेपाल वायुसेवा निगमले उडान बन्द गरेको थियो ।

पछिल्लो समय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धावनमार्ग कालोपत्रे गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई नेतृत्वको टोलीले असोज १६ गते विमानस्थलको निरीक्षण र परीक्षण उडान गरेको थियो ।

परीक्षण उडान सफल भएपछि मंगलबार नियमित उडान सुरु भएको छ । बझाङको पहिलो उडान पूरा गरेर विमान बाजुरा जाने तयारीमा रहेकोसमिट एयरका धनगढी प्रमुख सरोज उप्रेतीले जानकारी दिए । बझाङमा सातामा दुई दिन मंगलबार र शुक्रबार उडान भर्ने समिट एयरको तयारी छ ।

यस्तै समिट एयरले बैतडी र डोटीमा सातामा एक दिन उडान भर्ने तालिका बनाएको छ । ‘डोटीका लागि शुक्रबार उडान गर्ने तयारी भएको छ’ उप्रेतीले भने ‘बैतडीमा बिहीबारका लागि तय भएको थियो तर प्राविधिक कारणले शुक्रबार बनाउनुपर्ने जस्तो छ ।’

उनले मंगलबारै सबै जिल्लाको उडान तालिका तय गर्ने बताए । उनले बझाङको उडानले आफूहरुलाई उत्साहित बनाएको पनि बताए । उप्रेतीले भने, ‘विमान नियमित हुने हो भने यात्रुहरु हुन्छन् भन्ने हामीलाई लागेको छ, डोटी, बैतडी र बझाङमा नियमित विमान चल्ने आश गरेका छौं ।’

समिट एयरले धनगढी–बाजुरा सातामा दुई दिन उडान भर्दै आएको छ ।

नेपाल नागरिक उड्यन प्राधिकरणले धनगढीलाई केन्द्र बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सञ्चालन गर्न एयर ट्राफिक कन्ट्रोलर खटाइसकेको छ । टर्मिनल भवन, टावरलगायतका अन्य उपकरण जडान नभएको अवस्थामा तत्कालका लागि भीएचएफ प्रणालीबाट हवाई सेवा सञ्चालन गर्न प्राविधिक जनशक्ति खटाएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading