Kanoon Post
शनिबार, बैशाख ८, २०८१/ April 20, 2024,
शनिबार, बैशाख ८, २०८१

Trending :

No tags found.

एकअर्काविरुद्ध उजुरी गर्न गएका नेकपा र जसपाका कार्यकर्ताबीच दाेहाेराे नाराबाजी

काठमाण्डाै ।

एक अर्काविरुद्ध उजुरी लिएर पुगेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादीका कार्यकर्ताबीच बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा जम्काभेट भएको छ।

डा. बाबुराम भट्टराईविरुद्ध साइबर क्राइमको उजुरी लिएर पुगेका नेकपाका कार्यकर्ता र आफ्ना सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै नेकपा सांसद महेश बस्‍नेत, किसानसिंह श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी लिएर पुगेका जनता समाजवादीका नेता कार्यकर्ता जम्काभेट हुँदा नाराबाजी भएको हो।

दुवै पक्षबीच जम्काभेट हुँदा सरकारी वकिलको कार्यालय क्षेत्रमा केही बेर एकअर्काविरुद्ध नाराबाजी भएको थियो। सरकारले चलाएको लकडाउनका बेला दुवै पक्ष भिड जम्मा गरेर सडकमा निस्किएका थिए। तर सरकारी वकिलको कार्यालयले दुवै पक्षको उजुरी लिन अस्विकार गरेको छ। दुवैले लिएर गएको जाहेरीलाई यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंले पनि दर्ता गर्न अस्वीकार गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading