Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

ओली नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने माओवादी केन्द्रकाे निर्णय

User Photo
बुधबार, फाल्गुन २६, २०७७
काठमाण्डाै ।

नेकपा माओवादी केन्द्रले तत्काल केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको छ।

बुधबार पार्टी केन्द्रीय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नयाँ समिकरण नबन्दासम्म तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको बताएका हुन्।

‘सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे थप निर्णय गरेका भएको छैन । प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने थियो। सर्वोच्चको पछिल्लो फैसलापछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने थियो। अन्य दलसँग सहमति गरेर एउटा निष्कर्षमा पुग्नका लागि हामीले गृहकार्य गरिरहेका छौँ।’

प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमलाई सच्याएर संविधानलाई लिकमा ल्याउने काम भएको बताउँदै संसदले दुई वर्ष काम गर्न पाउनुपर्छ भन्नेमा आफूहरु रहेको उपाध्यक्ष श्रेष्ठले बताएका छन्। उनले भने, ‘संसद् दुईवर्ष चल्नुपर्छ, यो संसदले सरकार दिनुपर्छ । त्यसैले हामीले प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षी दलहरुसँग सरकार गठनबारे वार्ता गरिरहेका छौँ। अन्य विकल्पलाई पनि खुला राखेका छौँ।’

बैठकले कांग्रेस र जसपासँग भएको वार्ताका बारेमा अध्यक्ष प्रचण्डले जानकारी दिनुका साथै अन्य पार्टीसँग वार्ता गर्ने जानकारी दिइएको छ ।

बैठकमा नेपाली कांग्रेसले सहकार्यका लागि सकारात्मक कुरा गरेको अध्यक्ष प्रचण्डले ब्रिफिङ गरेका छन् । बैठक चैत्र १ र २ गते हुने कार्यकर्ता भेलाको तयारीको विषयमा समेत छलफल भएको जनाइएको छ ।

यस्तै, नेकपा माओवादी केन्द्रले संगठनात्मक संरचनाबारे गृहकार्य गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र पम्फा भुसाल सदस्य रहेका छन् ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.