स्पेनिस ला लिगा फुटबलको शीर्ष टोली बार्सिलोनाले उपाधि होडलाई बलियो बनाउँदै लगेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३–१ गोलले हरायो । घरेलु मैदानमा खेलिएको खेलमा बार्सिलोनाका लागि स्टार खेलाडीहरु जेरार्ड पीके, लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे । रायो भालेकानोका लागि राउल डी टोमसले एक गोल गरेका थिए ।
खेलमा सुरुवाती अग्रता रायो भालेकानोले लिएको थियो । २४औं मिनेटमा राउल डी टोमसले पहिलो गोल गरे । त्यसपछि जोसिएको बार्सिलोनाका लागि ३८औं मिनेटमा पीकेले बराबरी गोल फर्काए । ५१औं मिनेटमा अर्जेन्टिनी स्टार मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अगाडी बढाए । जारी सिजन ला लिगामा मेस्सीको यो २६औं गोल हो । ८२औं मिनेटमा स्वारेजले अर्को गोल गर्दै टोलीको जित सहज बनाए ।
जितसँगै बार्सिलोनाले २७ खेलबाट ६३ अंक बनाएको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडभन्दा सात अंकले अगाडी छ । २३ अंक बनाएको रायो भालेकानो रेलिगेसनको मारमा छ ।
यसैगरी शनिबार रातिनै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडले लेगानेसलाई १–० गोलले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा एट्लेटिकोको जितमा सउल निग्वीजले ५०औं मिनेटमा गोल गरेका थिए । जितसँगै एट्लेटिकोले २७ खेलबाट ५६ अंक बनाएको छ । ३३ अंक बनाएको लेगानेस १३औं स्थानमा छ ।
अर्को खेलमा चोथौं स्थानमा रहेको गेटाफेले एसडी हुइस्कालाई २–१ गेलले हरायो । जितसँगै गेटाफेले २७ खेलबाट ४५ अंक बनाएको छ । तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको २६ खेलबाट ४८ अंक पुगेको छ । अन्तिममा रहेको हुइस्काको २२ अंक छ । इबर र डिर्पोटिभो अलाभेसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।एजेन्सी
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द