राजनिती
अख्तियारकाे निर्णय विरूद्ध सडकमा उत्रिदै कांग्रेस, भ्रातृ संगठन आजैबाट आन्दाेलनमाराजनीतिक पूर्वाग्रहका आधारमा अख्तियारले मुद्दा चलाएकाे आराेप
नयाँ मिडिया
४ बर्ष अगाडि
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ललितानिवास प्रकरणमा पार्टी उपसभापति विजयकुमार गच्छदारमाथि राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको आरोप लगाएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकपछि दिउँसो केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै जग्गा फिर्ता गर्न मन्जुर भएकै कारण नवीन पौडेलमाथि मुद्दा नचलाउने आयोगको निर्णयमाथि कांग्रेसले प्रश्न उठाएको हो।......