आतंकवादी हमला

भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु

आतंकवादीसँगको मुठभेडमा उनको मृत्यु भएकाे हाे

नयाँ मिडिया ७ महिना अगाडि

भारतको जम्मु–कश्मीरमा भएको आतंकवादी हमलामा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । बुधबार आतंकवादीहरुसँगको मुठभेडमा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ वर्षको पहिलो दिन जम्मु–कश्मीरको नौशहरा क्षेत्रमा सर्च अपरेशनका क्रममा आतंकवादीहरुले हमला गर्दा भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापा मगरसहित दुई सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका हुन् ।......