नयाँ मिडिया
३ बर्ष अगाडि
तुलसीपुर उपमहानगरपालिका –१३ का वडाध्यक्ष डम्बर न्यौपानेको शुक्रबार निधन भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याउने क्रममा शुक्रबार बिहान साढे १० बजे बाटोमै उनको मृत्यु भएको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिए । नेपाली कांग्रेसबाट निर्वाचित ६५ वर्षीय न्यौपानेलाई केही दिनदेखि ज्वरो, टाइफाइड तथा निमोनिया भएको थियो ।......