गजल
सम्बन्धमा आए फाटोपन, खरानी बन्छ जरूरधर्मराज न्याैपाने
२ बर्ष अगाडि
सम्बन्धमा आए फाटोपन, खरानी बन्छ जरूर । जोगाउन नसके त झन, खरानी बन्छ जरूर । ति आँखाहरू नजलाउ कसैको प्रगति देखेर, आँखा जलेपछि मन, खरानी बन्छ जरूर । यहाँ आफ्नाहरूको मापन सम्पतिले गराइदिन्छ, त्यसरी कमाएको कालो धन, खरानी बन्छ जरूर । मुटुमा डढेलो नलगाऊ डढेर गैजाला मुटु, डढेलोमा हरियो वन, खरानी बन्छ जरूर ।......