गजल

गजल- आँसुकाे पर्यायवाची, आँखा नबनाेस

निम क्षेत्री ६ महिना अगाडि

आँसुकाे पर्यायवाची, आँखा नबनाेस । पिडाकाे मात्र साक्षी, आँखा नबनाेस ।   खुसी हेर्न पर्यत्नशिल, निर्दाेश नजरमा, चाेटै चाेटकाे साथी, आँखा नबाेस । मन, मस्तिस्क र अमुर्त आत्मा बिच, हारजितकाे बाजि, आँखा नबनाेस ।   मुटुले जाेडेकाे, मानवताकाे सम्बन्धमा, स्वार्थकाे नाजायजी, आँखा नबनाेस । नदेख्न केही, छाेपिएकाे जवरजस्ती, खाेले संगै पाजी, आँखा नबनाेस ।......