नेपाल स्वयंसेवक संघको युवा संगठन कैलालीको अध्यक्षमा जनक सुनार चयन

अध्यक्ष जनक सुनार

नेपाल स्वयंसेवक संघको युवा संगठन कैलालीको अध्यक्षमा जनक सुनार चयन भएका छन्। आईतवार जनक सुनारको अध्यक्षतामा ११ सदस्यीय कार्यसमित चयन भएको हो।
युवा संगठनको उपाध्यक्षमा रोहित बिसी, सचीवमा हेमराज धमाला, सह–सचिवमा भुवन तिमिल्सिना , कोषाध्यक्षमा टीका जैशी चयन भएका छन्।
सदस्यहरूमा केपि धमाला, अभिषेक भुल , केशब माझी ,तनुजा भट्ट, देब बहादुर बि.क, पुष्पराज ढुंगाना रहेका छन्।
यो एक सामाजिक उद्देश्य बोकेर समाजका सकारात्मक कार्य गर्ने संगठन हो । देशभरका सातै वटा प्रदेशमा र ७७ वटै जिल्लामा यसको बिस्तार भै रहेको छ । हाल यस संगठनका केन्द्रिय अध्यक्ष जन्जित पुरुष रहेका छन भने प्रदेश न.७ तथा सुदुर पश्चिम प्रदेशमा प्रदेश संयोजक हिक्मत शाह रहनु भएको छ ।
उक्त संगठनले समाजमा रहेका अन्धविश्वास, कुरिती कुसंस्काविरुद्ध आवाज उठाउदै आएको अध्यक्ष जनक सुनारले बताउनु भएको छ । अब कैलालीमा पनि विभिन्न कामको सुरुवात गरिने सुनारले बताउनु भयो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
बिहि, असार १८, २०७७ (July 2, 2020, 8:52 pm) मा द्वारा Uncategorized अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया