बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि शनिबार देशभर प्रदर्शन भएको छ ।
पन्तको हत्या भएको ५२ दिन बित्दा समेत राज्यले दोषी पत्ता लगाउन तत्परता नदेखाउँदा शनिबार देशैभर हजारौं संख्यामा विरोध प्रदर्शन भएको हो ।
काठमाडौंको माइतीघरसहित देशका विभिन्न भागमा स्वतःस्फूर्त सयौं संख्यामा निस्किएको विरोध प्रदर्शनमा निर्मलाका वास्तविक हत्यारा पहिचान गरी कारबाही गर्न माग गरिएको छ ।
विरोध ¥यालीका सहभागीहरूले सरकार मौन बसेको भन्दै चर्को रूपमा न्यायको माग गरेका छन् । -यालीका सहभागीले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरे ।
आजको राजधानी दैनिक लेख्छ– ५२ दिनअघि बलात्कारपछि हत्या गरिएकी निर्मलाको रगतको दाग सरकार र प्रहरीको छविसँग जोडिएको छ । लामो समयसम्म वास्तविक दोषी पत्ता नलागेपछि सरकारी उच्च तहबाटै वास्तविक अपराधी जोगाउने काम भएको आशंका गर्न थालिएको छ ।
प्रहरीले नै दोषीलाई जोगाउने उद्देश्यले प्रमाण नष्ट गर्नु, छानबिन फितलो गर्नु र हत्यारालाई जोगाउन प्रमाण नष्ट गर्नेमाथि सरकारले गतिलो कारबाही नगर्नुले दिन प्रतिदिन सरकारको विरोध बढ्दै गएको हो ।
विगत केही सातादेखि निर्मला हत्या राष्ट्रकै प्रधान मुद्दा बनेको छ । संसद्मा समेत चर्को रूपमा आवाज उठिरहेको छ । तर, प्रहरीले अहिलेसम्म हत्यारा को भन्ने सार्वजनिक गर्न सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्याका विषयमा दिएका अभिव्यक्ति आफैं विवादित छन् ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द