शुक्रबार, साउन ३१, २०७६, काठमाण्डाै ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको छानबिनका क्रममा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनालाई मध्य राती नै चितवन लगिएकाे छ।
बिहीबार काठमाडौंमा पक्राउ परेको तीनैजनालाई कडा सुरक्षाकासाथ चितवन पुर्याइएको हो । लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला प्रहरी कार्यालय पुर्याउदा राति साढे एक बजेको थियो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लैजानुअघि भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीहरुलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।