
सञ्चारकर्मीको एक हूल शनिबार भागरथी भट्टको घर जाँदै थियो । खोचलेक बजारबाट चडेपानी जाने सडक पस्नै लाग्दा एक व्यापारीले पसलबाटै सोधे, ‘तपाईंहरु पनि त्यहीँ जाँदै हुनुहुन्छ होला है ?’
हूलबाट जवाफको अपेक्षा नै नगरी उनी फेरि बोले, ‘कतिपटक जाँदै हुनुहुन्छ हो तपाईंहरु ? छोरीको घटना सुनाउँदा सुनाउँदा भागरथीकी आमा झन् हैरान भइसकिन् । यसरी हूलका हूल घर पुगेका मानिसलाई उही कुरा दोहोर्याएर भन्नु पर्दा आमालाई कति पीडा थपिएको होला भन्ने अनुमान त्यहाँ जानेले गरेका होलान् ?’
बैतडीको दोगडाकेदार गाउँपालिका गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको गत माघ २२ गते शव फेला परेको थियो ।
शनिबार उनको घरतर्फ जाँदै गरेकाहरु तीन पसलेको कुरा नसुनेझैँ गरी अघि बढे । १५ मिनेटको गाडी यात्रापछि त्यहाँ पुग्दा अघि नै अर्को समूह त्यहाँ पुगिसकेको देखियो । विघटित प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीलगायत नेताकायर्कर्ताको समूह भागरथीकी आमा द्रोपतीसँग प्रश्न सोधिरहेको थियो । द्रोपतीले सकिनसकी घटनावृत्तान्त बताइरहेकी थिइन् ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द